वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । श्रीलङ्काको ऊर्जा मन्त्रालय र जलवायु परिवर्तन कार्यालयले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने तयारी गरेको छ ।
राष्ट्रपतिको मिडिया डिभिजन ९पीएमडी०ले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो बारे उल्लेख गरेको छ। श्रीलङ्कासँग नवीकरणीय स्रोतहरू जस्तै सौर्य, वायु, बायोगास र समुद्री छालहरू मार्फत ऊर्जा उत्पादन गर्ने ठूलो सम्भावना छ। राष्ट्रपति (रानिल) विक्रमासिङ्घे हरित अर्थतन्त्रमा परिणत हुनु नै ‘श्रीलङ्काको बलियो अर्थतन्त्र निर्माणको आधार हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ’विज्ञप्तिमा भनिएको छ । हरित आर्थिक नीति दीर्घकालीन पहल हो जसका लागि कानुनी आधार चाहिने भन्दै राष्ट्रपतिले नयाँ नीतिमा समायोजन गर्नका लागि तुरुन्तै कानून पारित गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ । रासस