उज्वेकिस्तानमा ग्यास बिस्फोटमा परी जलेर घाइते भएका ४ जनाको मृत्यु

उज्वेकिस्तानको समरकन्द क्षेत्रमा ग्यास बिस्फोटमा परी घाइते चारजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलवार जानकारी दिएका छन् ।

उज्वेकिस्तानमा ग्यास बिस्फोटमा परी जलेर घाइते भएका ४ जनाको मृत्यु

काठमाडौं । उज्वेकिस्तानको समरकन्द क्षेत्रमा ग्यास बिस्फोटमा परी घाइते चारजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलवार जानकारी दिएका छन् ।
आगो बाल्ने भट्टीको अनुचित प्रयोगका गर्दा समरकन्दको कट्टाकुर्गन जिल्लाका वृद्ध दम्पती र उनीहरूका दुई नातिनातिना मार्च १७ आगोले जलेर घाइते भएका थिए । उनीहरूको अस्पतालमा सघन उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

खबरपाटी
खबरपाटी