काठमाडौं । प्रजातिको जङ्गली सङ्ख्यालाई बढाउँने उद्देश्यले कृत्रिम नस्लका करिब २३ हजार चिनियाँ स्टर्जनहरूलाई मङ्गलवार याङ्त्जे नदीमा छाडिएको छ ।
चिनियाँ वन्यजन्तु संरक्षण संघ र अन्य अनुसन्धान संस्थाहरूले मध्य चीनको हुबेई प्रान्तको जिङझाउ र यिछाङ शहरहरूमा उक्त प्रजातिका माछा छोडिएको हो। ती माछाहरू मध्ये माछाहरू मध्ये २८ ओटा १.५ मिटर भन्दा बढी लामा छन्। यसलाई जलीय पाण्डा भनेर बुझ्ने गरिन्छ । उपनाम भनिन्छ, चिनियाँ स्टर्जन १४० मिलियन वर्ष भन्दा अघि देखि यसको अस्तित्व रहेको मानिन्छ । यद्यपि, याङ्त्जेमा यस्ता थुप्रै प्रजातिहरूको सङ्ख्या २० औं शताब्दीको अन्तदेखि घट्न थालेको अनुसन्धानले देखाएको छ । पारिस्थितिक संरक्षण र हरित विकासको लागिसन् २०२१ , जनवरी १ मा याङ्त्जेको मुख्य पानीमा १० वर्षका लागि माछा मार्न प्रतिवन्ध लगाइएको छ । रासस