बुर्किना फासोमा फ्रान्सेली टेलिभिजन च्यानल निलम्बित

गत डिसेम्बरमा बुर्किना फासोले रेडियो फ्रान्स इन्टरनेसनलका कार्यक्रमहरू समेत निलम्बन गरेको थियो।

बुर्किना फासोमा फ्रान्सेली टेलिभिजन च्यानल निलम्बित

काठमाडौं । बुर्किना फासोको सरकारले सोमबार फ्रान्सेली टेलिभिजन च्यानलहरूले अलकायदा इन द इस्लामिक मगरेब (एक्यूआईएम) का एक नेतासँग गरेको अन्तर्वार्तापछि फ्रान्स २४ को प्रसारण निलम्बन गर्न आदेश दिएको छ।
सरकारका प्रवक्ता जीन इमानुएल ओउड्रागोले यो निर्णय राष्ट्रको हितमा गरिएको र फ्रान्स २४ कार्यक्रमहरूको प्रसारण बुर्किना फासोमा अनिश्चितकालका सम्मका लागि निलम्बन गरिने बताउनु भएको छ।
विज्ञप्तिमा फ्रान्स २४ ले आतङ्कवादीहरूको लागि संचार एजेन्सीका रूपमा मात्र काम  नगरेर आतङ्कवादी कार्यहरू र घृणाका भाषणहरूलाई वैधानिकता दिने ठाउँ  समेत प्रदान गर्ने गरेको  छ ।
गत डिसेम्बरमा बुर्किना फासोले रेडियो फ्रान्स इन्टरनेसनलका कार्यक्रमहरू समेत निलम्बन गरेको थियो।  रासस

खबरपाटी
खबरपाटी