फ्रान्सको अति दक्षिणपन्थी विपक्षी दलले बिहीवार तल्लो सदनमा मतदानबिना नै विवादास्पद पेन्सन सुधार पारित भएपछि संसद्मा सरकारविरुद्ध अविश्वासको प्रश्ताव दर्ता गर्ने बताएको छ ।
सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी उम्मेदवार तथा हाल राष्ट्रियरूपमा प्रदर्शनको नेतृत्वमा सहयोगीको नेतृत्व गरिरहेकी मरिन ले पेनले राष्ट्रपति इमानुएल म्याक्रोँ र उहाँको प्रधानमन्त्री एलिजाबेथ बोर्नका लागि यो निर्णय ‘पूर्णरूपमा असफल’ भएको बताउनुभएको छ ।
यसअघि, बिहीवार नै राष्ट्रपति फ्रान्सका प्रधानमन्त्री एलिजाबेथ बोर्नले बिहीवार संसद्लाई सरकारले राष्ट्रपति म्याक्रोँको विवादास्पद निवृत्तिभरण सुधारको योजनालाई तल्लो सदनमा मतदान नगरी पास गर्ने दाबी गर्नुभएको थियो ।
प्रधानमन्त्री बोर्नले संविधानको धारा ४९ (३) क को प्रावधानलाई उद्धृत गर्दै भन्नुभयो, “हामी निवृत्तिभरण प्राप्त गर्नेहरूको भविष्यमा सर्त लगाउन सक्दैनौँ,” भन्नुभएको हो । रासस