ईसीबीद्वारा युरो क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक

ईसीबीले सन् २०२३ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरेको छ ।

ईसीबीद्वारा युरो क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक

 
काठमाडौं । ईसीबीले सन् २०२३ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरेको छ ।

युरोपेली केन्द्रीय बैंकले ऊर्जाको मूल्यमा आएको गिरावट र ‘चुनौतिपूर्ण अन्तर्राष्ट्रिय वातावरणको लचिलोपन’ का कारण यस वर्ष युरो क्षेत्रको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको प्रक्षेपणलाई १.० प्रतिशत पुर्‍याएको छ ।

यसअघि यस वर्ष आर्थिक वृद्धिदर ०.५ प्रतिशत रहने अनुमान गरिएको थियो । ईसीबीका अधिकारीहरूले सन् २०२४ र २०२५ मा युरो क्षेत्रको आर्थिक वृद्धि दर १.६ प्रतिशत पुग्ने अपेक्षा गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सन् २०२४ र २०२५ को परिदृश्य १.९ प्रतिशत र १.८ प्रतिशतले अनुमान गरेकोभन्दा कम हुनेछ । 

यसैबीच, युरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टीन लेगार्डले ऊर्जाको उच्च मूल्यसँग जुध्नका लागि सरकारले चालेका कदम चाँडै फिर्ता लिनु महत्वपूर्ण भएको बताउनुभएको छ । 

“यी उपायहरू तुरुन्तै र ठोस रूपमा फिर्ता लिन सुरु गर्नु महत्वपूर्ण छ,” उहाँले भन्नुभयो ।  यसले मुद्रास्फीति बढाउन मद्दत गर्ने उहाँको धारण रहेको छ । 

खबरपाटी
खबरपाटी