राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट दिए राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्स्यबाट राजीनामा दिए

राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्स्यबाट राजीनामा दिएका छन् । आइतबार संघीय संसद् सचिवालयलाई पत्र लेख्दै राष्ट्रपति पौडेलले सांसद् पदबाट राजीनामा दिएका हुन् । उनले सभामुख देवराज घिमिरे बहराइन गएकाले फर्किएपछि राजीनामा स्वीकृत हुने बताए ।

उनले आफू फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएकाले संविधानको धारा ६२ को उपधारा ६ बमोजिम प्रतिनिधिसभा सदस्यमा राको राजनैतिक पद स्वतः रिक्त हुने भएकाले आफूले राजीनामा बुझाएको उल्लेख गरेका छन् ।

पौडेलले सभामुख, संघीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का मतदातालगायत सबैलाई धन्यवाद दिएका छन् ।

खबरपाटी
खबरपाटी