ओलीलाई कांग्रेसको जवाफ- ढोक्सामा माछा परिसक्यो

गत पुस २६ मा विश्वासको मत लिँदा पनि प्रधानमन्त्री दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिएको र अब पनि विश्वासको मत दिने भएकोले सरकार अल्पमतमा नपर्ने निधिको भनाइ छ।

ओलीलाई कांग्रेसको जवाफ- ढोक्सामा माछा परिसक्यो

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा नपर्ने बताएका छन्।

गत पुस २६ मा विश्वासको मत लिँदा पनि प्रधानमन्त्री दाहाललाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विश्वासको मत दिएको र अब पनि विश्वासको मत दिने भएकोले सरकार अल्पमतमा नपर्ने निधिको भनाइ छ।

‘यो सरकारलाई हामी फेरि पनि विश्वासको मत दिन्छौं, सरकारलाई कुनै संकट पर्दैन,’ जनकपुरमा मंगलबार भएको प्रेस युनियन मधेस कार्यसमिति पदस्थापना कार्यक्रममा निधिले भने, ‘ढोक्सामा पनि माछा परिसकेको छ।’

गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापे पनि उक्त ढोक्सामा माछा नपर्ने बताएका थिए। त्यसतर्फ लक्षित गर्दै निधिले ढोक्सामा माछा परिसकेको बताएका हुन्। कांग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ।

निधिले संविधान पक्षधर शक्तिबीच दीर्घकालीन रूपमा सम्बन्ध हुनुपर्ने बताएका थिए। चुनावका बेलाका गठबन्धनमा रहेका दलहरू पुनस् एकै ठाउँमा उभिएको भन्दै उनले जनताको मतको सम्मान भएको पनि बताएका थिए।

खबरपाटी
खबरपाटी