काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सचिवालयलका अनुसार उनी फागुन १ गतेदेखि उनी परराष्ट्र सल्लाहकारमा नियुक्त भएर निरन्तर काम गरिरहेका छन् ।
चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका डा .रुपक पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्।
साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनिति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण उनको रहेको छ । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक समेत रहेका थिए ।