नेपाली कलाकारहरुलाई रजतपटले चिन्दैन भने कलाकार चिन्ने जिम्मा कस्को ?
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लव’ आउँदो चैत्र २ गतेदेखि प्रशारण हुने भएको छ ।
मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्ने गरी तेस्रो सिजनको मुन्द्रेको कमेडी शुरु हुने जानकारी गराइएको हो । शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनेछिन् भने निर्देशकमा दिनेश डिसी रहनेछन् ।
त्यस्तै, कलाकारहरुमा दमन रुपाखेती, प्रभात लामा, दिनेस काफ्ले र एलिना बास्कोटा रहेको कलाकार नेपालले बताए । उनले आवश्यक परेको खण्डमा थप कलाकार बोलाउने बताए ।
अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकोमा खुशी लागेको बताइन् । उनले सकेसम्म शोलाई उत्कृष्ट बनाउने प्रयासमा आफू हुने पनि बताइन् ।