काठमाडौं महानगरको राजस्व सङ्कलन ४३ प्रतिशत
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा चार अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ ।