
मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै झन्डै रु पाच करोडमा बनेको ३५ फिट अग्लो बुद्धको मूर्ति । नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुङ्गाको बुद्ध मूर्ति हो । १२ हजार छ सय फिटको उचाइमा स्थापित मूर्तिको तौल झन्डै ६० हजार किलो रहेको छ । तस्बिर : सुमन जङ्ग थापा/रासस

हवाईजहाजबाट देखिएको काठमाडौँ रानीवन आसपासको दृष्य । तस्बिरः नारायण न्यौपाने / रासस

हवाईजहाजबाट देखिएको कास्कीस्थित बेगनास ताल र रुपा ताल आसपासको दृश्य । तस्बिरः नारायण न्यौपाने / रासस

काठमाडौँमा शनिबार आयोजित “लायन्स क्लब डिष्ट्रिक्ट-३२५ जे’ को महाधिवेशन उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदिपराज वन्त / रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सि.एन.आई वोमेन लिडरसिप सम्मेलनको शनिबार उद्घाटन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको भ्रमणमा रमाउँदै पर्यटकहरु । खोपारा लेक समुन्द्रि सतहदेखि तीन हजार छ सय मिटरको उचाईमा अवस्थित रहेको छ । तस्बिरः सन्तोष गौतम / रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको भ्रमणमा रमाउँदै पर्यटकहरु । खोपारा लेक समुन्द्रि सतहदेखि तीन हजार छ सय मिटरको उचाईमा अवस्थित रहेको छ । तस्बिरः सन्तोष गौतम / रासस

पोखराको फूलबारी ब्यारेकबाट बादलको घुम्टोभित्र देखिएको माछापुच्छ्र्रे । तस्बिर : नारायण न्यौपाने/रासस

पहाडकी रानी बन्दीपुर बजार । तुलनात्मक रुपमा विदेशी पर्यटकले भरिने बन्दीपुरमा सडक बिस्तारले हिलाम्मे र धुलाम्मे हुँदा पर्यटक आगमनमा समस्या भएको यहाँका व्यवसायीको भनाइ छ । तस्बिर : मिला दरै/रासस

कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले छानविन समिति गठन निर्णय । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । तस्बिर : प्रदीपराज वन्त/रासस

कास्कीस्थित काहुँडाँडाबाट देखिएको पोखराको सहरीक्षेत्रको दृष्ट । तस्बिर : नारायण न्यौपाने/रासस

मनाङ नासो गाउँपालिका–१ तालगाउँ २०७८ असार १ को बाढीले बगर बनाएपछि मस्र्याङ्दी नदीमा तटबन्द गरी पुनः बसोबास गरिरहेका यस गाउँका मानिसलाई मस्र्याङ्दी नदीले झस्काइ रहन्छ । तस्बिरः नवीन लामिछाने/रासस

साँघुरो बाटोमा जोखिम मोल्दै दैनिक उपभोग्य सामग्रीसँगै निर्माण सामग्री लिएर डोल्पाको सदरमुकाम जाँदै गरेका ट्रकहरु । नदीहरुमा बेलिब्रिज पुल निर्माण भएपछि दुई महिनादेखि सदरमुकाम दुनैमा सिधा यातायातका साधन जाने र आउने गरेका छन् । तस्बिर : हेमन्त केसी/रासस

रमजानको पवित्र महिनामा महेन्द्रनगरबाट देखिएको अर्धाकार चन्द्रमा को दृश्य । तस्बिरः शेरबहादुर सिंह / रासस

कञ्चनपुरको महाकाली नदीमा अवस्थीत दोधारा-चादँनी झोलुङ्गे पुलबाट देखिएको सुर्यास्तको मनोरम दृष्य । तस्बिरः शेरबहादुर सिंह / रासस