काठमाडौँ – तीन देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतले शपथ लिएका हुन् भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका हुन्।
मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उनीहरूलाई राजदूत पदमा नियुक्त गरेका थिए। मन्त्रीपरिषद्ले १३ जना राजदुतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो।
संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरूमा राजदूतहरूको नाम ‘अग्रिमो’का लागि पठाएको थियो। अग्रिमो आएका ३ जना राजदूतहरूले मात्रै सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन्।