फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इटालीलाई ४–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
ब्रसेल्समा गएराति भएको खेलमा इटालीका लागि फ्रान्सेस्को पियो एस्पोसिटोले ११ औँ मिनेटमा गोल गरेका थिए । तर बेल्जियमका म्याक्सिम डे क्युपर, नाथन एनगोय र जेरेमी डोकुले पहिलो हाफमै गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा डिएगो मोरेइराले थप एक गोल गरेपछि बेल्जियम ४–१ ले विजयी भयो । यस्तै, फ्रान्सले टर्किएलाई २–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
अर्को खेलमा इंग्ल्यान्डले स्पेनलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको छ । हारका बाबजुद स्पेन पनि समूहको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ ।
त्यस्तै, क्रोएसियाले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको छ ।