नवलपरासी दुर्घटनामा मृत्यु भएका ५ जनाको परिचय खुल्यो

नवलपरासी दुर्घटनामा मृत्यु भएका ५ जनाको परिचय खुल्यो

काठमाडौं - नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको परिचय खुलेको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो। बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल छन्।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, निर्जुङ खत्री, बाँके, कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा, स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गरि र बाँके, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मीको मृत्यु भएको छ। यस्तै, बाँके, नेपालगंज–७ का २२ वर्षीय कृष कनौजिया र नामथर वतन नखुलेको ४०–४२ वर्षका पुरुषको पनि घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरुको नवलपरासी र चितवनका अस्पतालहरुमा उपचार जारी छ।

खबरपाटी
खबरपाटी