आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
कास्की – पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य समेत रहेका गुरुङको निधन भएको हो ।
उनी २०५९ असोजमा सहायकमन्त्री बनेका थिए । नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर ३ बाट सांसद बनेका थिए ।
गुरुङको अन्त्येष्टि असोज १४ गते बिहान १० बजे पोखरा–११ स्थित उनको निवासबाट शवयात्रासहित रामघाटमा गरिने परिवारले जनाएको छ । गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।