नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदी माथिको पुलमा आवतजावत खुला

नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदी माथिको पुलमा आवतजावत खुला

काठमाण्डौ – चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदी माथिको पुलमा आवतजावत खुला भएकोे छ ।

ठूला गाडीबाहेककालाई आवातजावत खुल्ला गरिएकाे  चितवन  प्रहरीले जनाएको छ । बाढीले बगाएको क्रुजसिप अर्थात सानो पानीजहाज पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यान दिंदै हिजो बेलुकीदेखि पुलमा आवगमन बन्द गरिएको थियो ।

अहिले बिहानदेखि आवातजावत खुलाइएको हो ।  सडक डिभिजन भरतपुरका अनुसार क्रुजसिपलाई सुरक्षित तरिकाबाट निकाल्नको लागि  प्राविधिक स्तरको छलफल भैरहेको छ । 

खबरपाटी
खबरपाटी