पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा छुटे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा छुटे

काठमाडौँ -  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा छुटेका छन्। शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका जबरालाई आइतबार दिउँसो परिवारको जिम्मा लगाइएको हो।
अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति जबरालाई निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई कार्यालयमा ल्याएर राखिएको थियो।जबरालाई पक्राउ गरिएपछि पक्राउको शैलीप्रति कतिपयले विरोध जनाएका थिए भने पक्राउ गर्नुपर्ने स्पष्ट आधार सार्वजनिक गर्न पनि माग भएको थियो। तर जबरा पक्राउ पर्नुको स्पष्ट कारण नै नखुली उनी छुटेका हुन्।
जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न नदिएपछि त्यत्तिकै फर्किएको थियो। आयोगको टोली करिब ४५ मिनेट गेटमा बसे पनि भेट्न नदिइएपछि फर्किएको थियो।
सरकारले जबरालाई पक्राउ गर्नुपर्ने कारणबारे अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन। प्रहरीले भने जबरामाथि सुरक्षा ‘थ्रेट’ रहेकाले उनलाई कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेको छ।

खबरपाटी
खबरपाटी