मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौं – मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरको बिहान ७:५५ को अपडेटअनुसार, अविरल वर्षाको कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खोला पुल माथिबाट पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको कार्यालयले जानकारी दिएको छ ।

खबरपाटी
खबरपाटी