मनकामना केबलकारको गेटभित्रको सडक भासिएपछि केबलकार सेवा बन्द

मनकामना केबलकारको गेटभित्रको सडक भासिएपछि केबलकार सेवा बन्द

काठमाडौं – मनकामना केबलकारको गेटभित्रको सडक भासिएपछि केबलकार सेवा बन्द भएको छ।

निरन्तर परिरहेको भारीवर्षासँगै त्रिशूली नदीले धार परिवर्तन गर्दा सडक भासिएको  चितवनको इच्छाकामना गाउँपालिकाले जनाएको छ।

गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको बहावले निरन्तर प्रहार गर्दा त्यस क्षेत्रमा समेत जोखिम देखिएको छ। नदीले लगातार नदी किनार कटान गरिरहेको छ।  

खबरपाटी
खबरपाटी