डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणको क्रममा पाङ्ग्रामा समस्या

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणको क्रममा पाङ्ग्रामा समस्या

काठमाण्डौ – डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पाङ्ग्रा खुस्किएको छ ।

नेपालगञ्जबाट १३ जना यात्रुसहित गएको जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पाङ्ग्रामा खुस्किएको हो । पाङ्ग्रामा सामान्य समस्या देखिएको र अरु कुनै ठूलो क्षति नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रतिकूल मौसमका कारण अरु उडान पनि भएको छैन । सामान्य दुर्घटना भएको जहाज अहिले धावनमार्गमै छ । जहाजको प्राविधिक जाँच भइरहेको छ  । 

खबरपाटी
खबरपाटी