‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी त्यागेको हुँ’ : रवि लामिछाने

‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी त्यागेको हुँ’ : रवि लामिछाने

काठमाडौँ - रास्वपाका सभापति रवि लामिछानेले आफूले हातमा आइसकेको प्रधानमन्त्री पद समेत त्याग गरेको भन्दै आवश्यक पर्दा त्याग गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

आइतबार पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दे उनले किस्तीमा राखेर आएको प्रधानमन्त्री बन्ने प्रस्ताव हाँसीहाँसी त्यागेको बताएका हुन् । यसअघि रास्वपाले २१ सिट जित्दा किस्तीमा प्रधानमन्त्री पदको प्रस्ताव आएको तर आफूले त्यसलाई वास्ता नगरेको उनको दाबी छ।

‘म यहाँ गर्वका साथ भन्न सक्छु, किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हो’, उनले भने, ‘मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराएको हो।’

त्यो प्रस्ताव स्वीकरा गरेर प्रधानमन्त्री बनेको भए रास्वपाले अहिलेको उपलब्धि हासिल गर्नै नसक्ने उनले बताए। सिंहदरबारको भित्तामा आफ्नो फोटो टाास्नेबाहेकको काम नहुने उनको तर्क छ। आफूले त्याग गरेकै कारण यति ठूलो आन्दोलन भएको र होनाहार युवा नेतृत्वमा आएको उनको भनाइ छ। उनले यी कुरा पहिल्यै महशुस गरेको दाबी गरे।

‘धेरै नै भए सिंहदरबारमा एउटा तस्वीर सम्म टाँसिन्थ्यो होला।  तर, देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, देशले यत्रा होनाहार युवा कुरेर बसेको थियो’, उनले भने, ‘त्यतिखेर साँच्चै मलाई त्यो महशुस भएको थियो।’

खबरपाटी
खबरपाटी