आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – जय नेपाल पार्टीका अध्यक्ष धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।
‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि शाहसँग भेटे गरेको राणाले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनले शाहसँगको तस्बिरसमेत सार्वजनिक गरेका छन्।
भेटमा भएको छलफलबारे भने उनले केही खुलाएका छैनन्। उनले दुई साता अगाडि मात्रै नयाँ पार्टी दर्ता गरेका थिए। त्यसअघि उनी राप्रपाका पूर्वमहामन्त्री थिए।
जय नेपाल पार्टीले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने राणाले बताएका छन्। उनले आफ्नो पार्टीको मुख्य अजेन्डा नै राजसंथा पूनः स्थापनाको रहेको बताएका छन्।