ला–लिगा सिजनको पहिलो खेलमा एट्लेटिको म्याड्रिडको विजयी शुरुवात

ला–लिगा सिजनको पहिलो खेलमा एट्लेटिको म्याड्रिडको विजयी शुरुवात

काठमाण्डौ — एट्लेटिको म्याड्रिडले नयाँ लालिगा सिजनको पहिलो खेलमा मालागालाई २–० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका ली काङ–इनले १३ मिनेटपछि उत्कृष्ट गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । त्यसपछि एलेक्स बाएनाले उत्कृष्ट फ्रिकिकमार्फत दोस्रो गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे ।

एट्लेटिकोले अब आउँदो आइतबार भिल्लारियलसँग खेल्नेछ । खेल शुरु हुनुअघि एट्लेटिकोका विश्वकप विजेता खेलाडीहरू मार्कोस लोरेन्ते, मार्क पुबिल, एलेक्स बाएना र अलेजान्द्रो ग्रिमाल्डोलाई मैदानमा सम्मान गरिएको थियो ।

उनीहरूलाई समर्थकहरूले ठूलो तालीसहित स्वागत गरेका थिए ।

खबरपाटी
खबरपाटी