भारतका तीव्र गतिका बलर जसप्रित बुमराह श्रीलङ्कासँगको २ खेलको टेस्ट शृङ्खलाबाट बाहिरिए

भारतका तीव्र गतिका बलर जसप्रित बुमराह श्रीलङ्कासँगको २ खेलको टेस्ट शृङ्खलाबाट बाहिरिए

काठमाण्डौ – भारतका तीव्र गतिका बलर जसप्रित बुमराह श्रीलङ्कासँगको २ खेलको टेस्ट शृङ्खलाबाट बाहिरिएका छन् । देब्रे घुँडामा अझै समस्या देखिएपछि ३२ वर्षीय बलरले श्रीलङ्कासँगको टेस्ट शृङ्खला गुमाउने भएका हुन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० को ‘सेन्टर अफ एक्सिलेन्स’ को मेडिकल टोलीले उनलाई आराम गर्न सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बुमराह इङ्ग्ल्यान्डसँगको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका क्रममा घाइते भएका थिए । चोटका कारण उनले एकदिवसीय शृङ्खलाको अन्तिम खेल खेलेका थिएनन् ।
यसअघि अफगानिस्तानसँगको एकदिवसीय शृङ्खला र १ मात्र टेस्टका लागि बुमराहलाई आराम दिइएको थियो । उनी आयरल्यान्ड र इङ्ल्यान्डसँगको टेस्ट शृङ्खलामा पनि टोलीमा थिएनन् ।
घरेलु टोली श्रीलङ्का र भारतबीचको टेस्ट शृङ्खलाको पहिलो खेल यही अगस्ट १५ देखि गालेमा शुरू हुनेछ । यस्तै दोस्रो टेस्ट अगस्ट २३ देखि कोलम्बोमा शुरू हुनेछ । यसपछि यी २ टोलबीच ३ खेलको एकदिवसीय शृङ्खला हुनेछ ।

खबरपाटी
खबरपाटी