मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

चितवन - पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। 
बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ। 
पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ।

खबरपाटी
खबरपाटी