विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सभामुख अर्यालको रुलिङ

विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सभामुख अर्यालको रुलिङ

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएका विषयका बारेमा सभामुख अर्यालले सरकारलाई रुलिङ गरेका छन्।

सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरेका हुन्।

खबरपाटी
खबरपाटी