लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका  सहसचिवसँग स्पष्टीकरण माग

लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका  सहसचिवसँग स्पष्टीकरण माग

काठमाडौँ - भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका  सहसचिवसँग स्पष्टीकरण मागेको छ।

मन्त्रालयले सूचना जारी गरी ९० दिन भन्दा बढी  कार्यलयमा अनुपस्थित उनीमाथि कानूनी प्रक्रिया अघि बढाएको हो। तर उनको नाम भने सार्वजनिक गरिएको छैन।

मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारी समेत प्राप्त नभएको जनाएको छ। मन्त्रालयका अनुसार उनी २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ।

मन्त्रालयले कार्यालयमा अनुपस्थित, विदेशमा बसोबास गरिरहेका र लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

खबरपाटी
खबरपाटी