बागमती प्रदेश सरकारको बजेट प्रदेश सभाबाट बहुमतले पारित

बागमती प्रदेश सरकारको बजेट प्रदेश सभाबाट बहुमतले पारित

हेटौँडा – बागमती प्रदेश सरकारको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ। शनिबार बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट पारित गरेको हो। 
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले संसदमा पेश गरेको प्रदेश सरकारको प्रदेश आर्थिक विधेयक २०८३ प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख अप्सरा चापागाईं घोषणा गरिन्। 
बागमती सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको थियो। गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री तामाङले प्रस्तुत गरेको बजेट माथि असार १६ गतेदेखि छलफल चलेको थियो। 
तर सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रै असन्तुष्टि बढेपछि बजेट पारित गर्न ुह्विपु नै जारी गर्नुपरेको थियो।    

खबरपाटी
खबरपाटी