स्वीडेनसँगको बराबरीसँगै जापान नकआउट चरणमा

स्वीडेनसँगको बराबरीसँगै जापान नकआउट चरणमा

काठमाडौं - अमेरिकाको डलास स्टेडियममा भएको रोमाञ्चक खेलमा स्वीडेनसँग १–१ गोलको बराबरी खेल्दै जापान फिफा विश्वकप २०२६ को नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ। 

समूह चरणको यस महत्त्वपूर्ण खेलबाट १ अंक जोड्दै जापानले अर्को चरणको यात्रा तय गरेको हो। जापानका लागि यो बराबरी खेल नै अर्को चरण पुग्न पर्याप्त रह्यो। 

 खेलको ५६ औं मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। नकआउट चरणको यात्रा सुनिश्चित गर्न यो गोल जापानका लागि निकै महत्त्वपूर्ण साबित भयो।

खेलको ६२ औं मिनेटमा स्वीडेनका एन्थोनी एलाङ्गाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।  त्यसपछि स्वीडेनले जितका लागि निकै प्रयास गरे पनि जापानी डिफेन्सले उसलाई रोकेर राख्यो।

पराजित स्वीडेनले पनि ४ अंकका साथ अन्तिम ३२ मा स्थान बनाएको छ। 

खबरपाटी
खबरपाटी