मधेस प्रदेशमा कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशतले वृद्धि

मधेस प्रदेशमा कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशतले वृद्धि

जनकपुरधाम – मधेस प्रदेश सरकारले कर्मचारीको तलब र प्रोत्साहन भत्तामा १० प्रतिशतले वृद्धि गरेको छ । सोमबार (असार १) अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब र प्रोत्साहन भत्ता बढाइएको बताएका हुन् ।

प्रोत्साहन भत्ता कर्मचारीको कार्यसम्पादनका आधारमा दिइने समेत बजेटमा उल्लेख छ ।

सरकारी निकायमा ढिलासुस्ती गरे नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने, सुशासन कायम गरिने बजेट वक्तव्यमा जनाइएको छ ।

खबरपाटी
खबरपाटी