१७ वाणिज्य बैंकमध्ये ६ ले घटाए निक्षेप ब्याजदर

१७ वाणिज्य बैंकमध्ये ६ ले घटाए निक्षेप ब्याजदर

काठमाण्डौ - असार महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर स्थिर राखेका छन् । 

सञ्चालनमा रहेका २० मध्ये १७ वाणिज्य बैङ्कले सार्वजनिक गरेको ब्याजदर अनुसार ११ वटाले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् ।

 त्यस्तै ६ वटा बैङ्कले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, हिमालयन र एनएमबी बैंक रहेका छन् । असारमा वाणिज्य बैङ्कहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ । एनएमबी र राष्ट्रिय वाणिज्य बैङ्कले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन् ।

जेठमा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा यस्तो औसत ब्याजदर ४.२७ प्रतिशत छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ३.९५ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो ।

नबिल, कुमारी र नेपाल एसबीआई बैंकको विवरण प्राप्त भएको छैन ।

खबरपाटी
खबरपाटी