आइतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले बढेको हो । 

भाउ बढेर सुन आज तोलाको २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ । अस्ति शुक्रबार तोलाको ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ८९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

खबरपाटी
खबरपाटी