भ्रष्टाचार प्रमाणित भए पद छाड्न तयार छु : अर्थमन्त्री स्वर्णिम वाग्ले

भ्रष्टाचार प्रमाणित भए पद छाड्न तयार छु : अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन्।

बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिए।

अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूमाथि लागेको २ अर्बको आशङ्का निराधार रहेको दावी गरे। 

उनले सार्वजनिक लेखा समितिमा समेत आफूविरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिबद्धता व्यक्त गरे।

सुशासनको कठोर प्रतिबद्धतासहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने जिकिर गर्दै उनले आफूमाथि औँलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न चुनौती दिए।

उनले आफ्नो बारेमा प्रश्न उठाउने सांसदहरुलाई तपाईंहरुको पनि काण्डहरू थाहा नभएको हो? भन्दै प्रश्नसमेत गरे

खबरपाटी
खबरपाटी