नेप्से सामान्य अंकले घट्यो, १५१ कम्पनीको शेयर मूल्य ओरालो

नेप्से सामान्य अंकले घट्यो, १५१ कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अंकले घटेर २ हजार ७३३.५९ विन्दुमा झरेको छ । मंगलबारको बजारमा १०५ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो भने १५ कम्पनीको स्थिर रह्यो ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार ४ अर्ब ८ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब ४४ करोडको सेयर किनबेच भयो । मंगलबार धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर तथा शिवम् सिमेन्ट क्रमश: अगाडि रहेका छन् ।

फाइनान्स सबैभन्दा धेरै १.०१ प्रतिशत घट्यो । अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०३ अंक मात्रै घट्यो । विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार ०.३८ प्रतिशत घटे । अन्य ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१, होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढे ।

सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढ्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशत मूल्य घट्यो ।

खबरपाटी
खबरपाटी