केही ठाउँमा वर्षाको सम्भावना

केही ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला सफा छ । दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा कोशी र लुम्बिनी प्रदेशका  तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

राति पनि  सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भूभागका एक, दुई ठाउँमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

खबरपाटी
खबरपाटी