संसद्‍मा अमर्यादित गतिविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

संसद्‍मा अमर्यादित गतिविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन

काठमाडौँ – संसद्‍मा अमर्यादित गतिविधि गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन भएको छ । 

सभामुख डोलप्रसाद अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्ने गरी समिति गठन भएको जानकारी गराए।

सदन अवरोध गर्दा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अर्यालले समिति गठन गरेका हुन्।

सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरिएको हो।

सदनमा सभामुखले भने, ‘प्रतिनिधि सभाको मिति २०८२ जेठ १७ गतेको बैठकमा सभाका केही माननीय सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानी नोक्सानी र क्षति समेत रहेको व्यवहोरा प्रतिनिधिसभा नियमावली २०८३को नियम ३३ को उपनियम ४ बमोजिम सभामुखलाई विस्तृत जानकारी हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस सम्बन्धमा थप जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने गरी सचिव प्रकाश अधिकारी संयोजक, संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यहोरा जानकारी गराउँदछु।’ 

 

खबरपाटी
खबरपाटी