गुजरातलाई फराकिलो अन्तरले पछाडि पार्दै आरसीबी आईपीएलको फाइनलमा प्रवेश

गुजरातलाई फराकिलो अन्तरले पछाडि पार्दै आरसीबी आईपीएलको फाइनलमा प्रवेश

काठमाडौं - डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा पुगेको छ। 

गएराति भएको क्वालिफायर–वानमा बे्रगलुरुले गुजरात टाइटन्सलाई ९२ रनले हराएर लगातार दोस्रो पल्ट फाइनलमा पुगेको हो। 

साबकि च्याम्पियन भएको बेंगलुरुसामु उपाधि रक्षाको अवसर हुनेछ। आज हुने इलिमिनेटरमा सनराइज हैदरावाद र राजस्थान रोयल्स खेल्नेछन्। त्यसमा विजयी रहने टिमले क्वालिफायर–टुमा गुजरातसँग खेल्नेछ।  त्यसकै विजेताले फाइनलमा बेंगलुरुको सामना गर्नेछ।

धर्मशालामा भएको खेलमा जितका लागि २ सय ५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको गुजरात १९ दशमलव ३ ओभमा १ सय ६२ रनमा अलआउट भयो।

गुजरातका लागि राहुल तेवतियाले सर्वाधिक ६८ रन बनाए। बेंगलुरुका ज्याकोब डफीले तीन विकेट हात पारे।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले पाँच विकेटमा २ सय ५४ रन बनाएको थियो। जसमा कप्तान रजत पाटिदार ३३ बलमा ९३ रन जोडे। यस्तै  विराट कोहली र क्रुनाल पान्ड्याले समान ४३ बनाए। 

रजतले क्रुनालसँग मिलेर चौथो विकेटका लागि आक्रामक ९५ रनको साझेदारी गरे।

खबरपाटी
खबरपाटी