काठमाण्डौ – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक ९आईजीपी० बाट हटाइएका दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आज न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो ।
योसँगै मनोजकुमार शर्मालाई आईजीपीका रूपमा काम गर्ने बाटो खुला भएको छ ।
गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले कार्कीको ठाउँमा अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० मनोजकुमार शर्मालाई आईजीपीमा नियुक्त गरेको थियो ।
यसपछि दानबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कात्तिक २० गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मङ्सिर २ गते सरकारका नाममा कारण देखाऊ आदेश जारी गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।