सोमबार सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं - स्थानीय बजारमा सोमबार (वैशाख १४) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबरपाटी
खबरपाटी