शुक्रबार सुन तोलामा २२ सय रुपैयाँले घट्यो

शुक्रबार सुन तोलामा २२ सय रुपैयाँले घट्यो

काठमाडौं - स्थानीय बजारमा सुनको भाउ घटेको छ । शुक्रबार सुन तोलामा २२ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजको भाउ प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ छ । 

बिहीबार दुई लाख ९८ हजार ७०० मा कारोबार भएको थियो ।

चाँदी भने तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ कायम भएको छ । 

अघिल्लो दिन पाँच हजार २० मा कारोबार भएको थियो । 

खबरपाटी
खबरपाटी