आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ०१ अङ्कले घटेर २ हजार ७८७ दशमलव १५ विन्दुमा झरेको छ ।
आज उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा होटल तथा पर्यटन समूहको सूचक झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।
आज २१६ वटा कम्पनीको शेयर घटेकोमा ४६ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सबैभन्दा धेरै झन्डै १२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन पाल्पा सिमेन्ट र शिखर पावरको शेयर भने १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ३४८ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ ।