बिहीबार सुनचाँदी दुवैको मूल्य घट्यो,कतिमा हुँदैछ त कारोबार ?

बिहीबार सुनचाँदी दुवैको मूल्य घट्यो,कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ - नेपाली बजारमा बैशाख १० गते बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा ११० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुन चाँदीको मूल्य पछिल्लो दुई दिनमा निरन्तर घटेको हो ।

यस दिन चाँदी प्रतितोला पाँच हजार २० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँ खरिदबिक्री भएको थियो। चाँदीको मूल्य पछिल्ला दिनमा निरन्तर घटेको छ ।

खबरपाटी
खबरपाटी