आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसूचक १३.१७ अंकले घटेको हो । आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २८२५.२३ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६५ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले घटेर ४७३.७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ४६ करोड माथिको कारोबार भएको बजारमा आज भने साढे ५ अर्ब भन्दा कमको कारोबार भएको छ ।