आइतबार सुन तोलामा १२ सय रुपैयाँले बढ्यो

आइतबार सुन तोलामा १२ सय रुपैयाँले बढ्यो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा १२ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार, आइतबारको भाउ तीन लाख एक हजार रुपैयाँ छ । यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको छ । शुक्रबार पाँच हजार १३० मा कारोबार भएको थियो । 

खबरपाटी
खबरपाटी