काठमाडौं - थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ ।
अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, महिला हेल्थ प्याकेजहरुमा १० प्रतिशत र सबै आइभीएफ प्रक्रियाहरुमा १० प्रतिशत छुट सुविधा सञ्चालनमा ल्याएको हो । आज वैशाख ४ गतेदेखि सुरु भएको यो छुट एक हप्तासम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।
यसैगरी अस्पतालले नयाँ वर्ष २०८३ का अवसरमा आफ्ना ओपीडी प्याकेजहरुमा १० प्रतिशत छुटको सुविधा सञ्चालन गरिरहेको छ । बेसिक मेडिकल प्याकेज, कम्प्रिहेन्सिभ मेडिकल चेक अप, कम्प्रिहेन्सिभ मेडिकल प्याकेज, एक्जिक्युटिभ हेल्थ प्याकेज, गोल्ड हेल्थ प्याकेज, प्लाटिनम हेल्थ प्याकेज (महिला तथा पुरुष) हरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको हो । वैशाख २ गतेदेखि सुरु भएको यो सुविधा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।