काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई वटा खेल हुने भएका छन् ।
भारतको हैदरावादमा आइतबार दिउँसो पौने ४ बजेदेखि हुने पहिलो खेल चरणको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सको सामना गर्ने भएको हो । हैदरावाद तीन खेलमा दोस्रो जितको खोजीमा रहेको छ। लखनउ भने दुई खेलमा पहिलो जितको खोजीमा रहेको हो ।
साथै आइतबारै राति पौने ८ बजेदेखि हुने दोस्रो चरणको खेलमा भने रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ। आईपीएल क्रिकेटको जारी सिजनमा बैंगलार लगातार दोस्रो जितको खोजीमा रहेको हो । शुरुवाती दुई खेल हारेको चेन्नाई भने आइतबार पहिलो जित निकाल्न चाहन्छ ।
त्यैगरी आईपीएल क्रिकेटमा शनिबार राति भएको खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स विजयी भएका छन् । गुजरातको अहमदावादमा भएको खेलमा राजस्थानले गुजरात टाइटान्सलाई ६ रनले पराजित गरेको थियो । दिल्लीमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।