कांग्रेस संस्थापनइतरको अडान: १४औँ महाधिवेशनकै केन्द्रीय समितिलाई मान्यता दिएपछि मात्रै नयाँ महाधिवेशन

कांग्रेस संस्थापनइतरको अडान: १४औँ महाधिवेशनकै केन्द्रीय समितिलाई मान्यता दिएपछि मात्रै नयाँ महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरू नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन्। 

बुधवार आफू पक्षका नेताहरूको भेलामा सहभागी भएका नेताहरू गुरु बराल, डा. रणबहादुर रावललगायतका नेताहरूले विधि र विधान सम्मत ढंगले निर्वाचित सो केन्द्रीय कार्य समितिलाई वैधानिकता दिएर आफूहरू नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रष्ट्याए।

नेताहरुले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरू १५औँ महाधिवेशनको तयारीमा जुटने र त्यसमा का‌ग्रेसका सबै समूहहरू सहभागी हुनुपर्ने जिकिरसमेत गरेका छन्।

नेता बरालले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई विधिवतरुपमा मानेर आफूहरू १५औँ महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पारे।

खबरपाटी
खबरपाटी