नेपाल वायुसेवा निगमले काठमाण्डौ–दिल्ली–काठमाण्डौ उडान सेवा विस्तार गर्यो

नेपाल वायुसेवा निगमले काठमाण्डौ–दिल्ली–काठमाण्डौ उडान सेवा विस्तार गर्यो

काठमाण्डौ – नेपाल वायुसेवा (नेपाल एअरलाइन्स) निगमले काठमाण्डौ–दिल्ली–काठमाण्डौ उडान सेवा विस्तार गरेको छ ।
अहिले काठमाण्डौ–दिल्ली–काठमाण्डौ दैनिक एक उडान हुँदै आएकोमा अब हप्ताको तीन दिन उडान थप भएको निगमले जनाएको छ । यसअनुसार अब हप्तामा नियमित ७ सहित काठमाण्डौ–दिल्ली–काठमाण्डौ १० वटा उडान सञ्चालन हुनेछ ।
यात्रुको बढ्दो चाप र उडानको मागअनुसार हप्तामा तीन दिन उडान थप गरिएको निगमका सूचना अधिकारी देवेन्द्र पुनले जानकारी दिनुभयो । थप गरिएको उडान तालिकाअनुसार काठमाण्डौ–दिल्ली तथा दिल्ली–काठमाण्डौ मङ्गलवार, बिहीवार र शनिवार रहेको छ ।

खबरपाटी
खबरपाटी