नेताको अकर्मन्यताले प्रहरीलाई दु:ख : प्रतिनिधि सभा सदस्य हर्कराज (साम्पाङ) राई

नेताको अकर्मन्यताले प्रहरीलाई दु:ख : प्रतिनिधि सभा सदस्य हर्कराज (साम्पाङ) राई

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज (साम्पाङ) राईले नेताको अकर्मन्यताले प्रहरीले दु:ख पाउने गरेको बताएका छन्। शनिबार एमाले अध्यक्ष ओली पक्राउ परेपछि त्यसविरुद्ध प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको सन्दर्भमा उनले यस्तो बताएका हुन्। सामाजिक संजालमार्फत उनले भनेका छन्, 'नेताको अकर्मन्यता ! प्रहरीको बिजोग ! गल्ती गर्ने नेता ! दु:ख पाउने प्रहरी ! बिचरा प्रहरी !'
गीतको प्रशंग उल्लेख गर्दै साम्पाङले प्रहरी आफैलाई लिमाम गरी खेतालामा जिउनुपर्ने अवस्थाको बनाइएको बताएका छन्। उनले भनेका छन्– "कहिले यसको हुनु पर्ने ! कहिले उसको हुनु पर्ने ! आफैलाई लिमाम गरी खेतालामा जिउनु पर्ने ! खेतालामा जिउनु पर्ने !" भन्ने गीतको याद आउँछ ! 

खबरपाटी
खबरपाटी